एमाले प्रदेश अधिवेशन १६ भदाैबाट हुने

सफल खबर संवाददाता

सोमबार, २९ साउन २०८०, १४ : ४३
एमाले प्रदेश अधिवेशन १६ भदाैबाट हुने

काठमाडौं । एमालेको प्रदेश अधिवेशन १६ भदाैबाट हुने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले  १६ भदाैबाट गर्ने निर्णय गरेको हो ।

बैठकले  १६ र १७ भदाैमा लुुम्बिनी प्रदेशको, ५ र ६ असोजमा मधेस प्रदेश, ८ र ९ बागमती प्रदेश, १० र ११ असोजमा कर्णाली प्रदेशको, १२ र १३ असोजमा कोशीको, १५ र १६ गण्डकीको,  १९ र २० असोजमा उपत्यका विशेष  प्रदेशको र २१ २२ असोजमा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस