श्रेष्ठ एसियन ट्रायथलन संघको वरिष्ठ सल्लाहकार

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, १६ : १९
श्रेष्ठ एसियन ट्रायथलन संघको वरिष्ठ सल्लाहकार

काठमाडौँ । नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ एसिया ट्रायथलन संघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् । आइतबार साउदी अरेबियाको रियादमा बसेको निर्वाचित प्रतिनिधिहरुको पहिलो बैठकले श्रेष्ठलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको हो । 

 

श्रेष्ठले अब एसिया ट्रायथलन संघको केन्द्रीय कमिटीको बैठकमा सहभागिता जनाउन पाउने छन् ।एसिया ट्रायथलन संघको गत जुन २३ तारिखमा सम्पन्न साधारणसभाले साउदी राजकुमार फाहद बिन जलावी बिन अब्दुल अजिजलाई अध्यक्षमा चयन गरेको थियो । 

त्यसयता बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले श्रेष्ठलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने निणर्य गरेको हो । श्रेष्ठ अन्तर्राष्ट्रिय ट्रायथलन संघको एनओसी रिलेसन कमिसनका सदस्य पनि हुन् ।

एसिया ट्रायथलन संघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएपछि श्रेष्ठले नेपालमा ट्रायथलनको विकासमा अझ बढी सक्रिय भूमिका निर्वाह गर्न सकिने विश्वास व्यक्त गरे । नेपाल ट्रायथलनको संघको अध्यक्ष हुनुअघि श्रेष्ठले महासचिवका रूपमा पनि जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस