मारवाडी युवाद्वारा नारायणगढको बालकुमारी माविमा शैक्षिक सामग्री वितरण

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, १४ : ४७
मारवाडी युवाद्वारा नारायणगढको बालकुमारी माविमा शैक्षिक सामग्री वितरण

चितवन।अन्तर्राष्ट्रिय युवा दिवसको अवसर मारवाडी युवा मञ्च नारायणगढले शैक्षिक सामग्री वितरण गरेको छ । मञ्चले नारायणगढको बालकुमारी माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको हो ।

विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ३० जना विद्यार्थीलाई विद्यालय झोला, कापीसहितका शैक्षिक सामग्री बितरण गरिएको मञ्चका उपाध्यक्ष राजु चौधरीले जानकारी दिए । मञ्चले यसअघि पनि उक्त विद्यालयमा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गर्दै आइरहेकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शनिबार पनि शैक्षिक सामग्री बितरण गरिएको चौधरीको भनाइ छ ।

कार्यक्रममा भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले मारवाडी युवा मञ्चले शैक्षिक क्षेत्रमा गरेको योगदान तथा सहयोग प्रशंसनीय काम भएको बताए ।

प्रतिक्रिया दिनुहोस