कांग्रेस संसदीय दलको बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, १३ : ३४
कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी छ । बैठक १ बजेबाट संघीय संसद भवनको ल्होत्से हलमा बसिरहेको छ । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।

 

बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक बताउँछन् ।शुक्रबारको बैठकले बाढी पहिरोको प्रकोप, डेंगु र आँखा पाक्ने रोग, लम्पी स्किन नियन्त्रण गर्न सरकारसँग माग गरेको थियो । साथै सांसद सुनील शर्मा पक्राउबारे बैठकमा सांसदहरुले कुरा राखेका थिए । आज बैठकले यसबारे निर्णय लिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस