मुक्तिनाथ विकास बैंक र रामनगर सामुदायिक अस्पतालबीच छुट सम्झौता

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, १३ : १८
मुक्तिनाथ विकास बैंक र रामनगर सामुदायिक अस्पतालबीच छुट सम्झौता

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेड र रामनगर सामुदायिक अस्पताल प्रालिबीच छुट सम्झौता भएको छ ।

सम्झौतासँगै भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले नवलपरासीको भुमहीस्थित रामनगर सामुदायिक हस्पिटलमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्नेछन् ।यस व्यावसायिक सम्झौतापश्चात बैंकका ग्राहकलाई हस्पिटलले विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्रदान गर्ने बैंकले जनाएको छ ।

 

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई पनि प्रोत्साहन गर्दै आइरहेको छ । बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरिका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।

त्यसैगरी बैंकले प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मालगायतका सेवा पनि उपलब्ध गराएको छ ।

यसका साथै मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) लगायतका सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै लिन सकिने व्यवस्था गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस