खराब मौसमका कारण सिचुआन एयरसहित तीन वटा जहाज डाइर्भट

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, १३ : ११
खराब मौसमका कारण सिचुआन एयरसहित तीन वटा जहाज डाइर्भट

काठमाडौँ । खराब मौसमका कारण राष्ट्रियसँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुन पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल (टीआईए)का अनुसार विहानैदेखिको अविरल वर्षा र हुस्सुका कारण विमानस्थलको रन वेको भिजिबिलिटी कम हुँदा जहाज उडान अवतरणमा समस्या आएको हो । 

 

टीआईएका अनुसार अन्तर्राष्ट्रियतर्फ हालसम्म तीन वटा उडान प्रभावित भएको छ । चीनतर्फ बिहानै उडेका सिचुआन एयरसहित एयर चाइना र एयर इन्डिया ल्यान्ड गर्न नसकेर काठमाडौँ नै डाइभर्ट (फर्किएको) छ । 

एयर इन्डिया जहाज त्रिभुवन विमानस्थल फर्किसकेको र सिचुआन एर र एयर चाइना फर्किँदै गरेको विमानस्थलले जानकारी दिएको छ ।यस्तै अन्य अन्तर्राष्ट्रिय उडान गन्तव्यहरूमा उडान सामान्य भए पनि कहीँ उडानहरू भने विमानस्थलको चापका कारण कहीबेर होल्ड भइरहेको जानकारी प्राप्त भएको छ । 

डोमेस्टिकतर्फ पोखरा, भरतपुर र सुर्खेतको उडान प्रभावित

त्रिभुवन विमानस्थलका अनुसार खराब मौसमका कारण अन्तरिक (डोमेस्टिक) तर्फ तीन वटा गन्तव्यको उडान पनि प्रभावित भएका छन् । अविरल पानीका कारण पोखरा, भरतपुर र सुर्खेतको भिजिबिलिटी कम हुँदा यी स्थानमा विहानैदेखि एउटा पनि उडान हुन सकेको छैन । 

बाँकी अन्य गन्तव्यहरूमा भने उडान सामान्य नै रहेको टीआईएले जानकारी दिएको छ । आन्तरिकतर्फ आजका लागि कूल ११२ वटा उडानको सेडूल रहेको छ । 

प्रतिक्रिया दिनुहोस