काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन ।
शनिबार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विद्युतीय सवारीसाधनको र्यालीमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए।
मन्त्री बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतप्राधिकरणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे। उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।
नेपाल विद्युत प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औं वार्षिकोत्सवम मनाउँदै छ । सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, ११ : २१
लेखकबाट थप