एक क्विन्टल सुन तस्करी प्रकरण

व्‍यापारी राकेश अडुकियाका छोरा रोहन विमानस्थलबाट पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २६ साउन २०८०, १५ : १८
व्‍यापारी राकेश अडुकियाका छोरा रोहन विमानस्थलबाट पक्राउ

काठमाडौं । व्‍यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए ।

पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान  विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको  थियो ।

प्रतिक्रिया दिनुहोस