संसदमा प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले विरोध गर्‍यो : सांसद पन्त

सफल खबर संवाददाता

शुक्रबार, २६ साउन २०८०, १४ : ५४
संसदमा प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले विरोध गर्‍यो : सांसद पन्त

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा विरोध गरेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सांसद पन्तले संसदमा शुक्रबार प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर विरोध जनाएको घटना संसदमा पहिलो पटक देखेको बताए । उनले सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यता विपरीत भएको जिकिर गरे ।

सांसद पन्तले सीआईबी र राजश्व अनुसन्धानलाई असर नपर्ने गरी सुन तस्करी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन सरकारलाई केले रोकेको हो  भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस