काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजो आफना पार्टीका सांसद सुनिल शर्मा पक्राउ गरे पछि सो पार्टीका नेताहरु भने सशंकित हुन पुगेका छन ।
पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुदैँ आएका सांसद शर्मालाई झन्डै ३० बर्ष अघिको नक्कली सर्टिफिेकट प्रकरणमा हाल पक्राउ गरे पछि सत्तारुढ कांग्रेसका नेताहरु नै सशंकित हुन पुगेका हुन् ।
कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशंका ब्यक्त गरेका छन ।
‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे को छानबिन ‘अपरेशन क्वाक’ ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो,ण् त्यही केस हाल आएर सिआईवि ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा भनेका छन, ‘संसदमा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुनः युद्धस्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
११ औँ महाधिवेशन ४० दिनको तयारीमा गरिएको हो, अहिले पनि गर्न सकिन्छ’ : अर्जुननरसिंह केसी
नेपालीहरूको विदेशी बैंकमा रहेका अवैध सम्पत्ति राष्ट्रियकरण गरौँ’ : अर्जुननरसिंह केसी
कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति
अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन अर्जुननरसिंह केसीको माग
राष्ट्रिय यथार्थलाई मध्यनजर गरी बजेट तर्जुमा गर्नुपर्छ: अर्जुननरसिंह केसी
सरकार उदासीन हुँदा आन्दोलनरत शिक्षकसँग दूरी बढ्यो, परिस्थिति जटिल बन्दैछ: अर्जुननरसिंह केसी