काठमाडौं। अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध उनलाई कार्वाही गर्नुपर्ने मागसहित तामाङ र मगर समुदायले साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्। गृह मन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा गठित छानबिन समितिलाई घाइते भएका व्यक्तिहरूबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न १० दिनको समय तोकिएको छ। समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं, उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्य छन्।
त्यस्तै कारागार कार्यालय संखुवासभासभाका कैदीहरू विनोद तोलाङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते कारागारभित्रै मृत्यु भएको सम्बन्धमा समेत सत्यतथ्य जाचबुझ गरी प्रतिवेदन पेश गर्न आजकै निर्णयानुसार अर्को समिति गठन गरिएको प्रवक्ता भट्टराईले छुट्टै विज्ञप्तिमार्फत जानकारी दिए। कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रतिनिधि सदस्य रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन