काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीको र्यापिड एक्सन टिम (र्याट)लाई सकारका स्थानीय निकायसँग अनुमति लिएर समन्वयमा काम गर्न निर्देशन दिएको छ। बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै रास्वपा प्रवक्तासमेत रहेका महामन्त्री मुकुल ढकालले नागरिकका समस्या समाधान गर्न सहरीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशन दिएका हुन्।
यसअघि आजै जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन-नारायणगढ सडकको जाम हटाउन सरकारी संयन्त्रले काम गरिरहेकाले रास्वपाको र्याट नचाहिने बताएको थियो। मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएपछि जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय रास्वपाले खटाएको आरएटी नाम दिइएको एउटा समूह परिचालन भएको थियो।
जाम खुलाउन सुन्तला रङ्गको ज्याकेटमा आर।ए।टी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोस्ट आएको भन्दै प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा रुपन्देही-३ मा उम्मेदवारका लागि आवेदन आह्वान
रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ
रवि लामिछानेलाई मनिषाको समर्थन
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार
रास्वपा र राप्रपाले आज पनि गरे बैठक बहिष्कार
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध