काठमाडौं। सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ। सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक बस्नु अगाडि संसदको गतिरोध हटाउनका लागि तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका सचेतक महेश बर्तौलासहितका नेता सहभागी छन्।
बैठकमा उनीहरुबीच संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो। समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन्।
यस अगाडिको संसद बैठकमा एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरु र माओवादी कै उच्चतहका नेताहरु सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि सभामुख समक्ष रुलिङ गर्न माग गरेका थिए। तर, सभामुखले शुन्य समयको कारबाही अघि बढाउन खोजेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै सांसदहरु नाराबाजीमा उत्रिएका थिए। प्रमुख प्रतिपक्ष दल एमालेको अडानप्रति सत्तापक्ष असहमत भएपछि सरकारकै आग्रहमा सभामुख घिमिरेले पटक-पटक प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गर्दै आएका छन्।
सभामुख घिमिरेले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराउँदै सदनको गतिरोध हटाउने विषयमा छलफलका लागि आज पुन नेताहरु छलफलमा जुटेका छन्।
सभामुख घिमिरेले सदन अवरोध खोल्ने विषयमा यस अगाडि पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरुसँग समेत पटक-पटक छलफल गरेका थिए। आइतबार पनि सिंहदरबारमा प्रमुख सचेतकहरुसँग छलफलमा घिमिरेलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने