काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई राजनीतिबाट विश्राम लिन आग्रह गरेका छन् । जारी स्थायी कमिटी बैठकमा खनालले लिखित फरक मत राखेपछि पराजुलीले अब राजनीतिबाट विश्रम लिन आग्रह गरेका हुन् ।
‘समयको माग के छ, सम्मानमाथि सम्मान छ । साथै राजनीतिमा अब विश्राम लिनुहोस् । जनताले सम्मानका साथ विश्राम लिन जनादेश दिएका छन्, यो जनमतलाई नभुल्नु होला,' उनले लेखेका छन्, 'समाजवादी यात्राका लागि युवालाई स्थान छोडिदिनु होस् । राजनीतिमा पद प्राप्ति मात्र हो भन्ने खालको भाष्य निर्माण हुँदैछ यसको गतिलो जवाफ अब तपाईँले दिनुहोस् ।'
उनले पहिले ‘जबज’लाई दक्ष प्रजापतिको टाउको देख्नेले अहिले आफैंले निर्माण गरेको पार्टीलाई रावणको टाउको देख्न थालेको भन्दै कटाक्ष गरेका छन् । पहिला जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापति टाउकोजस्तो देख्ने र भन्ने गर्नुभयो । अहिले लामो समयपछि फेरि आफू नै शीर्षभन्दा शीर्ष ठाउँमा बसेर आफूले नै निर्माण गरेको आन्दोलन र पार्टीलाई रावणको टाउको देख्न र भन्न थाल्नुभयो,' उनले भने, उनले लेखेका छन्, 'यस्तो खाले दृष्टिभ्रम कहिले सम्म रहन्छ ?'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, १५ : २४
लेखकबाट थप