गौर हत्याकाण्ड पीडित संघर्ष समितिको माग सम्बोधन गर्न गृहसचिवको नेतृत्वमा वार्ता टोली बन्ने

सफल खबर संवाददाता

शनिबार, २० साउन २०८०, ११ : २८
गौर हत्याकाण्ड पीडित संघर्ष समितिको माग सम्बोधन गर्न गृहसचिवको नेतृत्वमा वार्ता टोली बन्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गौर हत्याकाण्डका पीडित परिवारसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री दाहालले नै बोलाएपछि गौर हत्याकाण्ड पीडित संघर्ष समितिको टोली आज (शनिबार) विहान बालुवाटार पुगेको हो ।

बालुवाटारको भेटवार्तामा पीडित संघर्ष समितिको माग सम्बोधन गर्न गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमतिका साथ अघि बढ्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस