सरकारले केहि पनि गरेन भन्ने कुरा चाहि साचो होईन : प्रचण्ड

सुरेन कुँवर

शनिबार, २६ साउन २०७५, १० : १३
सरकारले केहि पनि गरेन भन्ने कुरा चाहि साचो होईन : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले केहि पनि गरेन भन्ने कुरा चाहि साचो नभएको स्पष्ट पार्नुभयो । 
भरतपुर विमानस्थलमा शनिबार प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले जनताका गुनासा र चिन्ताहरु पाटी र नेतृत्वलाई राम्रोसँग अवगत भएको बताउनुभयो ।

जतनाको अपेक्षा धेरै थियो,उहाँले भन्नुभयो,“ अपेक्षा अनुसार काम गर्न कमी आएको भन्नेमा समिक्षा गर्न सरकार र पाटी तयार छ । सरकार पनि तयार छ पार्टी त्यस प्रति गम्भिर छ ।”

सरकारको कामप्रति तपाई सन्तुष्ट हुनुहुन्न ? भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले यो विषय सन्तुष्ट र असन्तुष्टको कुरा नभएको बताउनुभयो । हामी समिक्षामा छौ , उहाँले भन्नुभयो,“ कामको बेला बेलामा समिक्षा गरि जनआवजलाई सम्बोधन गर्दै जानुपर्छ । जिम्मेवारी भित्रको कुरा पर्छ सरकार र पार्टी नेतृत्वको पनि ।”


विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सकरात्मक रहेको भन्दै उहाँले त्यसका लागि विप्लव समुह तयार हुनुपर्ने बताउनुभयो । वितण्डतर्फ लाग्नु ,मान्छेलाई तर्साएर केहि हुन्छ भन्नु अहिलेको परिवेशमा उपयुक्त नहुने उहाँको भनाई छ ।
अध्यक्ष प्रचण्डले यस पटकको चीन र भारतको भ्रमण विकास र समृद्धि तर्फ नै केन्द्रीत रहने जानकारी दिनुभयो ।


 

प्रतिक्रिया दिनुहोस