काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकअघि बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले समावेशिताको सुनिश्चितताका लागि विधान संशोधन गर्दै केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रीय समितिमा अहिले ३८७ सदस्य रहेका छन्। माओवादी केन्द्रले २२ जना महिला सदस्यलाई केन्द्रीय सदस्य बनाउने तयारी गरेको छ।बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीमा केहि विधान विपरित भएकाले संशोधन गर्न लागिएको र थप केही महिला,समावेशी, केही युवा तथा छुटेका सिनियर नेताहरूलाई केन्द्रीय समितिमा ल्याउने जानकारी दिए।
केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीति अवस्थाको बिफ्रिङ गर्दै राजनीतिक प्रतिवेदन पेश गर्ने र सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने महराले जानकारी दिए।
माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक बुधबारदेखि नै काठमाडौंमा सुरू हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने