काठमाडौं । प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ । यसमा सत्तापक्ष तयार भएको छैन ।
यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो ।सोमबार पनि एमालेले त्यही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका सभामुखको सचिवालय स्रोतले बताएको छ ।
यसअघि सोमबार विहान संसद खुलाउने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता छलफलमा बसेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले गरे संसद अवरोध
विपक्षीले उठाएको प्रश्नको सदनमा जवाफ दिँदै प्रधानमन्त्री