प्रहरीलाई दत्तचित भएर लाग्न गृहमन्त्रीको निर्देशन, ४ सय ३२ प्रहरी सहायक निरिक्षक दिक्षीत

सुरेन कुँवर

शुक्रबार, २५ साउन २०७५, १३ : १३
प्रहरीलाई दत्तचित भएर लाग्न गृहमन्त्रीको निर्देशन, ४ सय ३२ प्रहरी सहायक निरिक्षक दिक्षीत

चितवन । गृहमन्त्री राम बहादुर थापाले प्रहरीहरुलाई जनताको जिउधनको सुरक्षाका लागि दत्तचित्त भएर लाग्न  निर्देशन दिनुभयो ।
जुनिय प्रहरी अधिकृत शिक्षालय भरतपुरमा प्रहरी सहायक निरिक्षकको १ सय ७४ औं समुहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले शान्ति,सुरक्षाको विषयमा दृढताका साथ अगाडि बढ्न प्रहरीलाई आग्रह गर्नुभयो ।

त्यस्तै प्रहरी महानिरिक्ष सर्वेन्द्र खनालले समाजमा शान्ति सुव्यवस्था,अपराध रोकथाम तथा नियन्त्रण र मानवअधिकारको संरक्षण गरी तालिममा सिकेका ज्ञान, सीप, कौशललाई सदुपयोग गरि अडिग भएर बढ्न निर्देशन दिनुभयो ।

शिक्षालयमा शुक्रबार एक समारोहका बीच गृहमन्त्री राम बहादुर थापा र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभयो ।

समुहका प्रहरी सहायक निरिक्षक पदका लागि १ सय ५५ दिनको अवधि पुरा गरी शुक्रबारबाट ४ सय ३२ दिक्षीत भई आफनो कार्य क्षेत्रमा गएका छन् ।

प्रहरी सहायक निरिक्षक पदमा ४ सय ४१ जना भर्ना भएका मध्ये तालिमको क्रममा एकको निधन ,४ जनालाई हटाईएको र ४ अस्वास्थ्य कारण तालिममा सहभागि नभएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस