पुरानो मेडिकल कलेजमा तनाव, लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले बुझेनन् शब

सफल खबर संवाददाता

शुक्रबार, १२ साउन २०८०, १६ : ४१
पुरानो मेडिकल कलेजमा तनाव, लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले बुझेनन् शब

चितवन ।  चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचारको क्रममा एक ३२ वर्षीया महिलाको मृत्यु भएपछि अस्पतालको माहोल तनावग्रस्त बनेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–१० बडगाँउकी ३२ वर्षीया शर्मिला दाहाल उप्रेतीको मृत्यु भएको थियो । डाक्टरहरुले लापरबाही गरेका कारण उनको मृत्यु भएको भन्दै उनका आफन्तले अस्पताल घेराउ गरेका छन् ।

मृतकका आफन्तले अस्पताल घेराउ गरेपछि अस्पतालमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । गत मंगलबार ज्वरो आएको र पिसाबसम्बन्धी समस्या देखिएपछि शर्मीला उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । मृतकका आफन्तले चिकित्सकले हाइडोजको इन्जेक्सन चलाएको र उचित रेखदेख नगर्दा उनको मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालको चरम लापरबाहीले सामान्य बिरामी भएर उपचाररत उनको मृत्यु भएको उनका आफन्तले बताए ।

 

प्रतिक्रिया दिनुहोस