उपचार खर्च जुटाउन नसकेपछि सहयोगको अपिल

सफल खबर संवाददाता

विहीबार, ११ साउन २०८०, १५ : ३०
उपचार खर्च जुटाउन नसकेपछि सहयोगको अपिल

चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ६ का राजन शर्माको दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारमा सहयोगका लागि अपिल गरेका छन् । १८ बर्षिय शर्मा भरतपुरमा रहेको नारायणी पव्लिक स्कूलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् । २०८० जेठ १ गते चितवनमा परिक्षणको क्रममा छोरोका दुवै मृगौलाले काम गर्न छोडेको थाहा भएको विरामीको आमा लक्ष्मी शर्माले जानकारी दिईन्।

आर्थिक श्रोत जुटाउन बिक्री गर्ने जग्गा जमिन नभएको बताउदै उनले टिनको टहरो बाहेक आफुसंग केही नभएकोले छोराको उपचारको लागि सहयोग जुटाउन अपिल गरेको जानकारी दिइन् । आर्थिक अभावका कारण छाक टार्न समस्या परिरहेको समयमा छोराको उपचारको लागि परोपकारी दाताहरुसंग सहयोग माग्नुको विकल्प नभएको उनले बताइन् । श्रीमान भारतमा समान्य रोजगारीमा भएपनि आफुले गाउँघरमै ज्याला मजदुरी गरेर घर चलाउदै आएको उनले बताइन् । 

१८ बर्षको छोराको मृगौला प्रत्यारोपण गरी पुनरजीवन दिनको लागि कसैले गरेको सहयोग आफुहरुलाई जीवनदान सरह हुने बताउदै उनले सवैसंग सहयोगको अपिल गरिकि छिन् । मृगौलाको प्रत्यारोपण गर्दा ठूलो धनराशी खर्च हुने भएकाले परिवारले उपचार खर्च जुटाउन नसकेपछि सहयोगको याचना गरेको हो ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएका उनको मृगौलाले काम गर्न छोडेको पत्ता लगाउनमै धेरै खर्च भएको परिवारले जनाएको छ । डायलसिस भन्दा पनि समयमै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन् । जसका कारण पीडित परिवार मृगौला प्रत्यारोपणको तयारीमा जुटेको छ । तर खर्चको अभावमा मृगौला प्रत्यारोपण गर्न  खर्चकै कारण समस्या भएको परिवारले बताएको छ ।

उपचारमा सहयोग गर्नका लागि  मुक्तीनाथ विकास बैंक मा लक्ष्मी शर्माको नाममा रहेको खाता नम्वर ११०२१६००४४९५०६०००००१ रहेको छ । थप सम्पर्क गर्नुपरे विरामीको आमा लक्ष्मी शर्मा ९८४५३२६०६२ र विरामीको ठुलो वुवा प्रेम शर्मा ९८४५४४५७१४ । 
 

प्रतिक्रिया दिनुहोस