चितवनमा युथवन युवा फेस्टीभल हुने

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, २४ साउन २०७५, १८ : ४९
चितवनमा युथवन युवा फेस्टीभल हुने

चितवन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चितवनमा युथवन युवा फेस्टीभल हुने भएको छ । भरतपुर महानगरपालिकाको सहयोग र १४ वटा संस्थाको संयुक्त आयोजनामा साउन २६ र २७ गते जिल्ला समन्वयन समिति र ब्रोदर्स फुटसलमा फेस्टीभल सञ्चालन हुनेछ ।

यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको प्रमुख नारा ‘युवाहरुको लागि सुरक्षित स्थान’ विषयमा बृहत छलफल गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । युवाहरुको बृहत सहभागितामा युवालक्षित विविध कार्यक्रम गर्ने र सम्भावना बोकेका युवालाई विश्वासिलो अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा ५ सयभन्दा बढी युवालाई सहभागिता गराउने लक्ष्य आयोजकले लिएको छ । कार्यक्रममा चित्रकला प्रदर्शनी, विभिन्न खेल, चितवनमा युवा गतिविधिहरुबारे प्रस्तुति, युवा प्रेरणा कार्यक्रम, कविता वाचन, होगाथोन (धेरै खाने प्रतियोगिता), म्युजिकल इभेन्ट सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस