मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, ०८ : ०१
मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध

File pic

चितवन । मुग्लिङ–नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको छ ।

अविरल वर्षासँगै कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो आएर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । पहिरोका कारण यात्रु र सवारीसाधन प्रभावित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस