चितवन । चितवनको नारायणगढस्थित ब्लु ब्रिज कन्सल्टेन्शीको ब्राण्ड एम्बेष्टरमा कमेडियन सुमन कोइराला ‘दले दाई’ नियुक्त भएका छन् । नारायणगढमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ब्लु ब्रिज कोभिडको समयमा बन्द भएको थियो । दुई महिना अघि नयाँ व्यवस्थापनसहित तीन जना युवा मिलेर उक्त कन्सल्टेन्सी सञ्चालनमा ल्याएका छन् ।
लायन्स चोकमा रहेको ब्लु ब्रिजले अष्ट्रेलिया र क्यानडा जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै आइएलटिएस, पिटीईका कक्षाहरु सञ्चालन गरी भिसा एप्लाई समेत गर्दै आइरहेको छ ।
कन्सल्टेन्शीका सञ्चालक कपिल भण्डारीले अहिले विद्यार्थीहरुलाई ५० प्रतिशट छुटमा भाषा कक्षा दिइरहेको जानकारी दिए । ब्राण्ड एम्बेष्टर बनेका कोइरालाले नेपालको शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको औंल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ साउन २०८०, १५ : ०५
लेखकबाट थप