काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका-१ लक्ष्मीपुर बस्ने १५ वर्षीय प्रेम कुमार मण्डलको सोही ठाउँस्थित जंगा नदीको तलाउमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि सिटिजन अस्पताल रामगोपालपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
उता मोरङको सुन्दरहरैंचा नगरपालिका-९ मुस्लिम टोलस्थित इनारमा डुबेर बेलबारी नगरपालिका-७ बस्ने २५ वर्षीय बौका कुमालको आइतबार दिउँसो मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा डुबेर अशक्त भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै चितवनको कालिका नगरपालिका-८ न्यूरेनी बस्ने ४५ वर्षीया देवु आले मगरको सोही ठाउँस्थित कुलोमा डुबेर आइतबार साँझ मृत्यु भएको छ । नुहाउने क्रममा कुलोमा डुबेर अशक्त भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ साउन २०८०, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु