काठमाडौँ । देशका विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । रुपन्देहीको सियारी गाउँपालिका-१ सोनारेटस्थित तिनाउखोलामा पौडी खेल्ने क्रममा डुबेर तिलोत्तमा नगरपालिका-१५ मधवलिया बस्ने भिम नारायण थारुको छोरा ११ वर्षीय अमन थारुको शनिबार दिउँसो मृत्यु भएको छ ।
यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका-१ गणेश मन्दीरस्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ डेरा गरी बस्ने रुकुम (पुर्वी) भूमी गाउँपालिका काँडागाउँ घर भएका ३९ वर्षिय जगेन्द्र बुढामगरको शनिबार साँझ मृत्यु भएको छ । उता कैलालीको बर्दगोरिया गाउँपालिका-३ बुटकुवा बस्ने ८ वर्षीया यमुना सापकोटाको सोही ठाउँस्थित काडा नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका-६ बस्ने ६० वर्षीय बिरे कठायतको सोही ठाउँस्थित नाला तर्ने क्रममा डुबेर शनिबार साँझ मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१७ पावरहाउस नजिक फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर सोही महानगरपालिका-८ बस्ने १६ वर्षीय विवेक कुँवरको शनिबार साँझ मृत्यु भएको छ ।
यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-७ ज्ञानज्योती टोल डेरा गरी बस्ने रुकुम आठबिसकोट नगरपालिका-५ घर भएका दल बहादुर बुढाको छोरा ६ वर्षिय निर्माण बुढाको सोही ठाउँस्थित ग्वारखोलामा सिचाईको बाँधमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।
खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै डुबेर अशक्त भएका मृतकका आफ्नै दाइ १२ वर्षीय बिश्वास बुढाको सोही अस्पतालमा उपचार भइरहेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु