बुटवलका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन

सफल खबर संवाददाता

आइतबार, ०७ साउन २०८०, १३ : ५८
बुटवलका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन

बुटवल । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको  तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान  निधन भएको हो  ।लामो समयदेखि दमको बिरामी खनालको उपचारका क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

 

खनाल २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख बनेका थिए । शालिन स्थानीय नेताका रूपमा पहिचान खनाल लामो समय नेपाली काँग्रेसको बुटवल नगर सभापति समेत रहेको काँग्रेस क्षेत्र नम्बर २ का सचिव प्रजापाल गिरीले बताए । 

प्रतिक्रिया दिनुहोस