राष्ट्रिय सभा अध्यक्षले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सफल खबर संवाददाता

विहीबार, ०४ साउन २०८०, १२ : ०८
राष्ट्रिय सभा अध्यक्षले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । राष्ट्रिय सभाको बैटक दिउँसो १ बजे बस्दैछ । 

संघीय संसद सचिवालयका अनुसार मिटरब्याजसम्बन्धी विधेयक बिहीबारको कार्यसूचीमा नपरेको भन्दै सत्तारुढ दलका सांसदहरुले प्रश्न गरेपछि राष्ट्रिय सभा अध्यक्षले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

बिहीबारको सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने उल्लेख छ । बजेट (विनियोजन विधेयक) र बजेट आश्रति विधेयकहरु राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस