मिटरब्याजसम्बन्धी विधेयक आजै पास गर्ने संसदको कार्यसूची

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०८०, १३ : ४१
मिटरब्याजसम्बन्धी विधेयक आजै पास गर्ने संसदको कार्यसूची

काठमाडौं । मिटरब्याजपीडितलाई न्याय दिन भन्दै कानुन बनाउन ल्याइने विधेयक आइतबार नै पास गर्ने तयारी गरिएको छ ।  प्रतिनिधिसभाले आइतबारको बैठकको कार्यसूचीमा मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने समेटेको छ । 

आइतबार नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार नै मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तयार गरेको हो । 

कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि उक्त विधेयकमाथि दफावार छलफल पनि गरिने कार्यसूचीमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस