सरकारले भ्रष्टाचारको फाइल चलाएको मात्र हो भने खबरदार खोलेको हो भने स्याबासः रवि लामिछाने

सफल खबर संवाददाता

शनिबार, ३० असार २०८०, १४ : २२
सरकारले भ्रष्टाचारको फाइल चलाएको मात्र हो भने खबरदार खोलेको हो भने स्याबासः रवि लामिछाने

काठमाडौं।रास्वपा सभापति रवि लामिछानेले भ्रष्टाचारलाई कारबाही गर्ने विषयमा सरकारलाई आफ्नो पार्टीको साथ रहेको बताएका छन्।रास्वपा बुढानीलकण्ठ नगर भेलालाई सम्बोधन गर्दै उनले भने, प्रधानमन्त्री गृहमन्त्रीको खुट्टा दह्रो होस् । साथ चाहिएमा रास्वपा त्यही कुनामा बसेको छ ।

प्रतिपक्षी बेन्चमा बसे पनि जनताका मुद्दामा रास्वपा सहयोग गर्न तयार छ । सरकारलाई भ्रष्टाचारविरूद्वको प्रकरणमा कारबाहीका लागि सहयोग चाहिए भन्न आग्रह गरे।उनले भने, ‘सरकारले भ्रष्टाचारको फाइल खोल्ने कामको सुरुआत गरेको छ । त्यो फाइल खोल्नु र चलाउनु फरक कुरा हो ।

चलाएको मात्र हो खबरदार खोलेको हो भने स्याबास । हामी छौँ कसैलाई पनि नछोड्नु । सानातिनालाई समाएजस्तो गरेर तर्साएजस्तो नहोस् । कसैलाई तर्साएर सरकार र सत्ता टिकाउने भाँडो मात्रै नबनोस् भ्रष्टाचारको फाइल ।’

प्रतिक्रिया दिनुहोस