काठमाडौँ । सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बिहीबारका लागि बोलाइएको संसदीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । तर समिति सञ्चालनका लागि आवश्यक पर्ने सदस्य नै अनुपस्थित भएपछि समितिको बैठक बस्न सकेन ।
समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । यसअनुसार पूर्वाधार समितिको बैठक बस्न १४ जना सांसद आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ असार २०८०, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जामन्त्री विरुद्धको उजुरीबोरको छलफलमा काँग्रेस सांसद अनुपस्थित, बैठक स्थगित