काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काजमा रहेका चिकित्सकको दरबन्दी व्यवस्थापन गर्दा धम्की आएको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा उनले दरबन्दीअनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धम्की आएको बताएका हुन् ।
दरबन्दी बाहिर भएर काठमाडौंमै बस्न चाहनेहरुबाट सचिवालयमाा धम्की आउने गरेको जानकारी दिँदै उनले बाहिरी जिल्लामा दरबन्दी भई ट्रमा सेन्टरम बस्न चाहनेले आफू दरबन्दी भएको स्थानमा पठाए आत्महत्या गर्छु भनेरसमेत धम्क्याएको बताए ।
तर, मर्ने भए मेरो कोठमै मर्नु भन्नु भनेर सचिवहरुलाई जवाफ दिन भनेको उनले बताए । दरबन्दीअनुसारको डाक्टरहरू व्यवस्थापन गरेर छाड्ने मन्त्री बस्नेतको प्रतिबद्धता छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ असार २०८०, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान्सर रोग न्यूनीकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
नेताहरू सरकारी खर्चमा उपचार गर्न विदेश जाने नीति बन्द भयो : स्वास्थ्यमन्त्री बस्नेत