काठमाडौ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनोट गर्न लिइने परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरेको छ।
शैक्षिक सत्र २०८०/८१ अन्तर्गत कक्षा ११ मा छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरपालिकाको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपीमा आवेदन पेस गर्नुपर्नेछ।
विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति छनोट परीक्षा हुने महानगरपालिकाको शिक्षा विभागले सूचनामार्फत जानकारी दिएको छ।
परीक्षा साउन २० गते बिहान ११ बजे सुरु हुने जनाइएको छ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित सयवटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुनेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ असार २०८०, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह