चितवनमा प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

हिरालाल आचार्य ‘डायमण्ड’

मंगलबार, २२ साउन २०७५, ११ : ०४
चितवनमा प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

चितवन । चितवनको भण्डारामा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले सोमबार भण्डाराका विभिन्न स्थानबाट ८०० लिटर मदिरा र १५०० लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनु भयो । साथै मदिरा उत्पादनमा प्रयोग गरिएको भाँडावर्तन समेत बरामद गरिएको ढकालले बताउनु भयो ।

सुरक्षित र शान्त चितवन बनाउने उदेश्यले जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको थ्रि एस अप्रेशन (सर्च, स्विप एण्ड स्क्रिनिङ्ग) अन्तर्गत अवैध मदिरा उत्पादन तथा बिक्रिवितरण नियन्त्रण गर्दै आएको छ । यसै क्रममा भण्डारामा पत्रकार र स्थानियको रोहबरमा उक्त मदिरा नष्ट गरिएको ढकालले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस