‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०८०, ११ : १४
‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड

काठमाडौँ ।  ‘आइएमई पे’ मार्फत यती  एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा  एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यही असार ३१ सम्म रहने जनाइएको छ।   

प्रतिक्रिया दिनुहोस