बैतडी । बैतडीदेखि कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमबार पवनदूत यातायातको लु २ ख २०११ नम्बरको बस पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली–पञ्चेश्वर सडक खण्डअन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटनामा भएको हो।
दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २८ वर्षिय उमेश भण्डारीको मृत्यु भएको र अन्य ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।घाइतेहरू मध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले बताएको छ।
केही घाइतेहरूको पहिचान हुन बाँकी रहेको र २२ जना घाइतेहरूलाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ। दुर्घटनाकोबारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, १४ : ५२
लेखकबाट थप