फुङलिङमा एक महिलाको शव फेला

सफल खबर संवाददाता

आइतबार, २४ असार २०८०, १९ : २१
फुङलिङमा एक महिलाको शव फेला

ताप्लेजङ। फुङलिङ नगरपालिकामा एक महिलाको शव फेला परेको छ। वडा नम्बर-७ की ४४ वर्षीय धनकुमारी लिम्बू मृत फेला परेको प्रहरीको भनाइ छ।

 फुङलिङ नगरपालिका-३ स्थित सशस्त्र प्रहरीको चेक प्वाइण्ट छेउमा सडकबाट १० फिट तल झरेको अवस्थामा लिम्बूको शव भेटिएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस