सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिए।
शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा शव डुबिरहेको अवस्थामा फेला परेको थियो ।
दुईमात्र सन्तान रहेका नागेन्द्रको दुवै छोराको मृत्यु भएपछि अहिले पूरै जिङ्गडवा गाउँ शोकमा डुबेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु