शिवशिखर सहकारीका थप तीन जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, २३ असार २०८०, ०७ : ३२
शिवशिखर सहकारीका थप तीन जना पक्राउ

काठमाडौ । शिवशिखर सहकारीका थप तीन जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारीका लेखा समिति सदस्य रमेश खैंजु, शिवप्रसाद पौडेल र कर्मचारी रशना शाक्यलाई पक्राउ गरेको हो। 

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान बढाइएको सीआईबीका प्रवक्ता सञ्जयसिंह थापाले जानकारी दिए।

यसअघि सहकारी ठगिका नाइके केदारनाथ शर्मालाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो। 

सहकारीले बचतकर्ताको करिब १४ अर्ब हिनामिना गरेको अभियोग छ। शर्माकी श्रीमति गीता सहित केही सञ्चालक पूर्वपक्षका लागि कारागारमा छन्। अन्य भने फरार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस