४५ हजार घुससहित एक इन्जिनियर पक्राउ

सफल खबर संवाददाता

बुधबार, २० असार २०८०, १८ : ४८
४५ हजार घुससहित एक इन्जिनियर पक्राउ

काठमाडौं । ४५ हजार घुस रकमसहित एक इन्जिनियर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इन्जिनियर अरविन्द कुमार यादवलाई घुससहित पक्राउ गरेको हो।

रुपन्देहीको टोटहिमाई गाउँपालिका–७ को सडकको पिसिसि र ग्राभेलको नाप जाँचको भुक्तानी प्रयोजनका लागि इन्जिनियर यादवले ४५ हजार घुस लिएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले यादवलाई पक्राउ गरेको आयोगले जनाएको छ । यादवबारे थप अनुसन्धान भइरहेको आयोगको भनाई छ ।

प्रतिक्रिया दिनुहोस