काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले आफ्नो भनाई राखेका छन् । सो क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको एक अभिव्यक्तिले देशको गरिमा गिरेको टिप्पणी गरेका छन् ।
उनले अहिले नेपालमा मौसममा मात्रै बादल नलागेर नेपालीको मनमा पनि बादल लागेको बताए । उनले भने,‘नेपालीहरुको भावनामा आघात पुगेको छ। नेपालीहरुको स्वाभिमानमाथि आँच पुगेको छ ।’ प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिलाई एमालेले विरोध जनाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले गरे संसद अवरोध
विपक्षीले उठाएको प्रश्नको सदनमा जवाफ दिँदै प्रधानमन्त्री