विप्लवसँग पार्टी एकता गर्न एकता संयोजन समिति बन्दै छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, २० असार २०८०, १५ : ५४
विप्लवसँग पार्टी एकता गर्न एकता संयोजन समिति बन्दै छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता गर्नेगरी अघि बढिएको बताएका छन् । स्ववियू काउन्सिलको तेस्रो भेलालाई कीर्तिपुरमा उद्घाटन गर्दै प्रचण्डले सबै पूर्व माओवादीहरु एक ठाउँमा आउने  वातावरण बन्दै गएको बताए । 

 

‘पूर्व माओवादीहरु जति सबै एक ठाउँमा आउने आधार बन्दै छ । हामी आफूलाई रैथाने माओवादी भन्ठान्छौँ । हामी रैथाने पार्टीको डिफेन्स गर्न नेतृत्वको पक्षमा कस्सिएर बाहिर बोल्न अलि डराएका जस्ता भएका छौँ ’ प्रचण्डले भने, ‘तर, आज भोलि विप्लवजीहरु कसिएर पार्टी र नेतृत्वको पक्षमा बोल्न थाल्नु भएको छ ।

यो हाम्रो लागि खुसीको कुरा हो ।’ विप्लवसँग पार्टी एकता गर्न संयोजन समिति बनाइने प्रचण्डले बताए । ‘अब हाम्रो पार्टीको केन्द्रीय समिति छिट्टै बसेर पार्टीको पुर्ननिर्माण गर्ने,पुर्नसंगठित गर्ने गर्नेतिर लाग्ने छौँ । पार्टी एकतासम्म आउन खोज्नेसँग एकता गर्ने र पार्टी एकतामा आउन नसक्नेसँग मोर्चाबन्दी गर्ने सोचिएको छ’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस