मापसे गरेर सवारीसाधन चलाउने ६९ सहित दुई हजारभन्दा बढी चालक कारवाहीमा

सफल खबर संवाददाता

बुधबार, २० असार २०८०, १५ : ३२
मापसे गरेर सवारीसाधन चलाउने ६९ सहित दुई हजारभन्दा बढी चालक कारवाहीमा

काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा नियम उल्लङ्न गरेको आरोपमा दुई हजारभन्दा बढी सवारी चालक कारवाहीमा परेका छन् ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारवाहीमा परेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार मापसेमा ६९, लेन उल्लङ्नमा एक सय २०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारवाहीमा परेका छन् ।यसैगरी प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउनेलाई एक सय ४७  र अन्य एक हजार सात सय ४५ गरी कुल दुई हजार दुई सय तीन सवारी चालकलाई कारवाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस