काठमाडौंको प्रजिअको जिम्मेवारी जितेन्द्र बस्नेतलाई

सफल खबर संवाददाता

बुधबार, २० असार २०८०, १४ : ०५
काठमाडौंको प्रजिअको जिम्मेवारी जितेन्द्र बस्नेतलाई

काठमाडौं । काठमाडौंको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी जितेन्द्र बस्नेतले पाएका छन् । गृहमात्रालयले मन्त्रालयको शान्ति,सुरक्षा महशाखा प्रमुखको जिम्मेवारीमा कार्यरत बस्नेतलाई काठमाडौंको प्रजिअको जिम्मेवारी दिएको हो ।

यसअघि प्रजिअ रहेका घनश्याम उपाध्याय मंगलबारको मन्त्रिपरिषद्को बैठक अनुसार सचिवमा बढुवा भएसँगै बस्नेतले प्रजिअको जिम्मेवारी पाएका हुन् ।

बस्नेतले यसअघि पर्सा,गोरखा र चितवनमा प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस