झापा । गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए । घटनामा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु
सर्पको डसाइबाट बालकको मृत्यु
विद्युत् पोलमा काम गरिरहेका बेला करेन्ट लागेर युवकको मृत्यु
मानव सेवा आश्रममा आश्रितको मृत्यु
मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु