म्याजिक अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु, दस जना घाइते

हिरालाल आचार्य ‘डायमण्ड’

आइतबार, २० साउन २०७५, १४ : ३६
म्याजिक अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु, दस जना घाइते

चितवन । चितवनको गितानगरमा आज आइतबार बिहान म्याजिक पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १४ भीमसेननगर बस्ने २४ वर्षीय सुदीप भुजेल को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनु भयो ।

भरतपुर महानगरपालिका वडा नम्बर ८ सिताराम चोकस्थित सडकखण्डमा गितानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना १ ज ६६२५ नम्बरको म्याजिक गाडी बिहान १०ः४५ बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

घाइते यात्रुहरु सबैको भरतपुुर अस्पतालमा उपचार भइरहेको छ । घाइते हरुको अवस्था सामान्य रहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक ढकालले बताउनु भयो । मृतकको सनाखत हुन सकेको छैन । चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ढकालले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस