असारको तेस्रो सातासम्म ‘आइएमई पे’मा क्यासब्याक अफर

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, १३ : ३९
असारको तेस्रो सातासम्म ‘आइएमई पे’मा क्यासब्याक अफर

काठमाडौ ।  कम्पनीले यो अफर असार १७ गतेदेखि असार २३ गतेसम्म अर्थात् एक हप्ताका लागि ल्याउन लागेको हो । यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा १०० सम्म १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक–पटक प्रयोग गर्न पाउने छन् । साथै ग्राहकवर्गले बिजुलीको बिल आइएमई पे मार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ । सो क्यासब्याक एवम् छुट ग्राहकवर्गलाई आफ्नो घरायसी बिलहरु विद्युतीय मध्यम मार्फत तिर्न प्रोत्साहन गर्ने उदेश्यका साथ प्रदान गरिएको हो । 

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता भएको बताएको छ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

प्रतिक्रिया दिनुहोस