नदिमा डुबेर अत्तरीयामा एक बालकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १६ असार २०८०, २१ : ४१
नदिमा डुबेर अत्तरीयामा एक बालकको मृत्यु

धनगढी ।  कैलालीमा नदिमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका –१ वनदेवी टोलका   लोकेन्द्र खडायतका १४ वर्षीय छोरा सागर खडायतको नदिमा डुबेर मृत्यु भएको हो। उनलाई नदिबाट गम्भीर अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यलय मालाखेतिले जनाएको छ । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो तर, बालकको उपचारकैक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  ।

अहिले शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। उनलाई  महेन्द्रनगर रोड स्थित गोदावरी नदिमा डुबेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस