जनकपुरधाम । धनुषाको ढल्केबरमा इनारभित्र एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान ढल्केबरस्थित दक्षिण चोकमा रहेको इनारभित्र एक पुरुषको शव फेला परेको हो ।
स्थानीयवासीले इनारभित्र शव रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । अहिले प्रहरी टोली र नं.२ छिन्नमस्ता बाहिनीको टोली शव निकाल्ने प्रयासमा जुटेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए ।
इनार गहिरो रहेको निकाल्ने प्रयास भइरहेको उनले बताए । उनका अनुसार शवको पहिचान तत्काल खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो