२४० म्यानपावर कम्पनी खारेजीको जोखिममा

पत्रपत्रिकाबाट

विहीबार, ०७ असार २०८०, ०७ : ३५
२४० म्यानपावर कम्पनी खारेजीको जोखिममा

काठमाडौ । वार्षिक एक सय श्रमिक वैदेशिक रोजगारीमा पठाउन नसक्ने २४० म्यानपावर कम्पनी खारेजीको जोखिममा परेका छन् ।

नवीकरणका लागि वार्षिक रूपमा एक सय श्रमिक वैदेशिक रोजगारी पठाउनुपर्ने भए पनि जेठ मसान्तसम्म २४० म्यानपावर कम्पनीले सो सङ्ख्या पुु¥याउन सकेका छैनन् । वैदेशिक रोजगार ऐन, २०६४ ले तोके अनुसार वर्षभरिमा एक सय श्रमिक पठाउन नसक्ने म्यानपावर कम्पनी खारेजीको जोखिममा परेका हुुन् ।

नेपाल  वैदेशिक  रोजगार  व्यवसायी  सङ्घका  अध्यक्ष राजेन्द्र भण्डारीले कानुन अनुसार दर्ता भएका कम्पनीलाई सङ्ख्याको लगाम लगाएर खारेज गर्नुु व्यावहारिक  नहुुने  बताए  । 

कानुनले  तोके  अनुसार धरौटी रकम, कर सबै तिरेर सञ्चालन भएका व्यवसायीलाई वार्षिक न्यूनतम एक सयको लगाम लगाएर खारेज गर्ने नीतिले व्यवसायीलाई अप्ठ्यारो पारेको भन्दै उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस